राष्ट्रपतिले दलका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्न मिल्दैन : रवि लामिछाने

लोकपथ
35
Shares

काठमाडौं । संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मार्ने मुद्दाका केही व्यक्तिलाई दिएको आममाफि दिएको विषयलाई लिएर यतीबेला चर्चा र आलोचना भइरहेको छ ।

सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन राष्ट्रपतिले हस्ताक्षर गरेको आरोप लगाएका छन् । बिहिबार बनेपामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले सो कुरा बताएका हुन् ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेल राष्ट्रपति स्वतन्त्र भएपनि उनले दलीय आधारमा विवादित पात्रहरुलाई आम माफी दिएको आरोप लगाए । साथै राष्ट्रपति संस्थाको समेत धज्जी उडाउँदै दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर गर्न नहुने बताए ।

‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ,’ उनले भने ‘राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस् ।’

उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?