नेकपा एसका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीवरुद्ध मुद्दा दर्ता भएको छ ।

चौधरीले मेयर हुँदा नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको खुलेपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएको विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?