सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस शुरु

लोकपथ
35
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज शुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?