काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ ।
मंगलबार बालकृष्ण नेउपानेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले नेपाल सरकार, सीआइबी लगायतलाई कारण देखाउ आदेश जारी गरेको हो ।
त्यस्तै भट्टराई र नेपालमाथि मुद्दा चलाउन नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिइएको हो ।
तत्कालिन प्रधानमन्त्रीद्वय भट्टराई र नेपालको सरकारको पालामा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने काम भएको थियो । त्यसमा कर्मचारी र मन्त्रीहरु मुछिए पनि सरकारको नेतृत्व गरेका डा. भट्टराई र नेपाललाई त्यसबारे अनुसन्धान समेत सामान्य ढंगबाट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया