सुन प्रकरण : सबै प्रतिवादीको बयान सकियो

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका प्रतिवादीहरुको बयान सकिएको छ ।

उक्त प्रकरणमा पक्राउ गरी अनुसन्धानमा रहेका २६ जना प्रतिवादीकै बयान सकिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले लोकपथलाई जानकारी दिए ।

‘सुन प्रकरणमा जोडिएका सबै प्रतिवादीहरुको बयान सकिएको छ ।’ उनले भने ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएसँगै भोलि बुुधबारबाट थुनछेक बहस शुरु हुनेछ ।

गत साउन २ गते विमानस्थल बाहिर राजश्व अनुसन्धानको टोलीले ठूलो परिणाममा सुन बरामद गरेको थियो । स्कुटरको ब्रेक शुमा लुकाएर ल्याएको सुन राष्ट्र बैंकको टक्सार विभागमा नापजाँच गर्दा सो परिणाम निस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?