एमाले बागमती महाधिवेशन : बन्दसत्रका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको जारी महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्ष मण्डलमा गोकुल बास्कोटसहित शेरबहादुर तामाङ, पार्वत गुरुङ, रत्ना गुरुङ, रामेश्वर फुयाँल, कृष्ण राई, देवी ज्ञवाल, आनन्द पोखरेल,सुशीला नेपाल,कमल चौलागाई लगायत रहेका छन् ।

सोमबारबाट शुरु भएको अधिवेशनको दोस्रो दिन आज कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र शुरु भएको छ ।
बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक कार्ययोजना सम्बन्धी प्रतिवेदनहरु हुनेछन् ।

नयाँ नेतृत्वका लागि आज साँझबाट निर्वाचन कार्य अघि बढ्नेछ । सहमतिको प्रयास गरे पनि नभएपछि प्रदेश अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?