विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् ।
मुख्यमन्त्री कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र धनकुटाका निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गरेका हुन् ।
यस्तै कार्कीले सुनसरीका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।
संविधानको धारा १६८ (३) अनुसार बनेको एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया