काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफूले खुकुरीबाट काटिएर कांग्रेस काटिनबाट जोगाएको बताएका छन् ।
जारी पार्टीको केन्द्रीय कमिटीको आजको बैठकमा आफ्नो धारणा राख्दै सहमहामन्त्री यादवले आफूले काटिएर पनि अन्य कांग्रेसी काटिनबाट जोगाएको बताए ।
गत भदौ २० गते रिपोर्टस क्लब नेपालमा आजोजित कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
बैठकमा बोल्दै आफूमाथि खुकुरी प्रहार गर्ने व्यक्तिले जुनसुकै कांग्रेसी भेटिए पनि काट्ने धम्की दिएको र आफूलाई नचिनेपनि खुुकुुरी प्रहार गरेको बताए । आफूले आक्रमण भोगेर पनि अन्य कांग्रेसीहरुलाई जोगाएकोमा आफूले खुसी व्यक्त गरेको बताए ।
त्यस्तै आफूमाथि आक्रमण भए पनि अन्य कांग्रेसीहरु काटिने अवस्था नबनोस् भन्दै पार्टी नेतृत्वलाई सचेत समेत गराएका छन् ।
‘मेरो हत्या प्रयास गर्ने मान्छेसँग कुरा गर्न मैले एकजना पूर्वइन्सपेक्टरलाई पठाएको थिएँ । उनले भनेछन् मैले महेन्द्र यादवलाई चिनेको पनि थिइनँ । राम्ररी देखेको पनि थिइनँ । तर, म चार पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा हिँडेको थिएँ । जुन खुकुरीले जुनसुकै कांग्रेसी काटिन सक्थे । कांग्रेसका जोसुकै पनि काटिन सक्थे, म काटिएर अरु कांग्रेसी पनि काटिन सक्थे । म काटिएर कांग्रेसी काटिन जोगाएकोमा खुसी व्यक्त गर्दछु । सभापतिजी, कांग्रेसी काटिने अवस्था नबनोस् भनेर म भन्न चाहन्छु ।’ सहमहामन्त्री यादवले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया