अभियन्ता ईः को आन्दोलनबारे बोले बालेन- ‘बोलाउँदा उहाँहरु सहमति गर्न आउनुभएन’

लोकपथ
189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अभियन्ता ईः सँग वार्ता गर्न बोलाउँदा नआएको स्पष्ट पारेका छन् ।

अभियन्ता ईः गत मंगलबारदेखि राष्ट्रियसभागृह अघि सडक व्यापारी हटाउनेबारे बालेनको कदमविरुद्ध उभिएर आन्दोलन गरिरहेका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले आफू अभियन्ता ईः उभिएको ठाउँमा गइ वार्तामा बोलाउँदा आउन नखोजेको बताए । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान हुुनुुपर्ने बताउँदै कुनै राजनीतिक स्वार्थसँग जोडिएर वार्तामा आउन नखोजेको हो की भन्दै आशंका व्यक्त गरेका छन् । साथै वार्ता उहाँहरुसँग गर्ने की उहाँका नेतासँग भनेर प्रश्न समेत गरेका छन् ।

‘बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ।’ उनले भनेका छन्, ‘के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’

निर्वाचन अघि मेयर बालेनले गरिबीको चमेली बोल्दिने कोही छैन भन्दै चुनाव जिते पनि चुनाव जितेपछि सडकमा व्यापार गरिरहेका तीनै व्यापारीहरुलाई विकल्प नदिएको भन्दै उभिएर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?