काठमाडौं । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठनबारे सर्वदलीय बैठक रक्षामन्त्रालयमा जारी छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक रोखका हुन् ।
रक्षामन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन् ।
बैठकमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।
सुन तस्करी प्रकरणमा छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया