दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।
तुलसीपुर–११ बेलटाकुराको भगवती टोलकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहारबाट हत्या भएको हो ।
सोही ठाउँका करिब ३९ वर्षीय टेकबहादुर हमालले लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ भने दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया