काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले, शान्ति प्रक्रियालाई पूर्णता दिन सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले नेपालको शान्ति प्रक्रिया पुरा गर्न पुरानो चिन्तनबाट अघि बढ्दा समस्या हुन सक्ने चेतावनी दिए ।
‘शान्ति प्रकृया राष्ट्रिय मुद्दा हो । नेपालको आन्तरिक मामिलाको मुद्दा हो । नेपाली राजनीतिक दलहरुको बीचमा आम सहमती खोज्नुको विकल्प छैन् ।’ उनले भने ‘ फेरी पनि सहमति खोज्नु पर्ने आवश्यकता छ । कतिपय इस्युहरुको विषयमा अन्तराष्ट्रिय मानव अधिकारबादी संस्थाहरुले चासो दिइरहेका विषयहरु पनि छन् ।’ उनले भने ।
उनले अहिलको विश्व नै दुई खेमामा विभाजित भएको देखिएको तर्क गर्दै नेपालले शान्तिपूर्ण बाटोलाई अंगाल्नुको विकल्प नभएको बताए ।
कतिपय कुराहरु मेलमिलापको प्रकृयाबाट नभई न्यायिक प्रकृयाबाट टुङ्ग्याउने कुरामा पनि आफ्नो पार्टी गम्भीर भएर लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया