चन्द्र भण्डारी ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय सदस्यमा ८ जना मनोनीत भएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम मनोनित गरेको बताए ।

जसमा डा. चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, किरणराज शर्मा, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, सारदा पौडेल, अनिलकुमार रुंगाटा र शिवप्रसाद हुँमागाई मनोनित भएका हुन् ।

केन्द्रीय समिति बैठकअघि देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । मनोनित भएका चन्द्र भण्डारी कांग्रेसको १४आँै महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।

आजबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ ।

May be an image of ‎ticket stub and ‎text that says "‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल असोज ,لا २०६० प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (૧੦) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाऱ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुड), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भंएको छ। চงபப고ด कृष्णप्रसाद पौडेल मुखय सचिव टेलिफोन: (९७७-१) ५੧੮३२६३ ५੧૬३२६४ ५੧५३२६५, फृयाक्स (९७७-१) ५੧੮३२६६ E-mail: info@nepalicongress.org, Internet www.nepalicongress.org‎"‎‎

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?