शिक्षकहरुको आन्दोलन : देशभर विद्यालय अस्तव्यस्त, बानेश्वर एरिया तनावग्रस्त

लोकपथ
105
Shares

काठमाडौं । केही दिनअघि संसदमा पेश भएको शिक्षा विधेयकको विरुद्ध आज पनि शिक्षकहरु आन्दोलनमा रहेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबारदेखि काठमाडौंको माइतीघरदेखी नयाँ बानेश्वर एरियामा शिक्षकहरु आन्दोलन गरिरहेका छन् । देशभरबाट आएका हजारौँ शिक्षकहरुको आन्दोलनले नयाँ बानेश्वर–माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । भने सवारी व्यवस्था अस्तव्यस्त बनेको छ । जसको कारण ट्राफिक प्रहरीले सो क्षेत्र भएर सञ्चालन हुने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

आन्दोलनका लागि देशभरबाट आएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिती तनावग्रस्त बनेको छ ।

सरकारले ल्याएको शिक्षा विधेयकले शिक्षकहरुमाथि विभेद गरेको भन्दै आन्दोलन भइरहेको छ ।
आज उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरकारी टोलीसँग आन्दोलनरत शिक्षकको वार्ता असफल भएको छ ।

संसदमा पेश भएको विधेयक परिमार्जन नभइ आफ्नो आन्दोलन नछाड्ने शिक्षकहरुको माग रहेको छ ।

आज देशभरका विधालयहरु बन्द अवस्थामा रहेका छन् । जसको कारण पढ्न विधायलय पुगेका विध्यार्थीहरु घर फर्किएका छन् । यता शिक्षक महासंघले भने माग पूरा नभएसम्म विध्यालय सञ्चालन गर्ने विद्यायलयलाई कारबाही गर्ने चेतानवी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?