एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेन्डा ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ६७ औं सचिवालय बैठक आज बस्दै छ ।

बैठक बिहीबार पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको पार्टी कार्यलयले जनाएको छ ।

बैठकमा यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल हुनेछ ।

एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरुद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ ।

यसका अतिरिक्त बैठकमा पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?