उत्तर पुस्तिका साटेकाे भन्दै महेन्द्र मोरङका विद्यार्थी संगठन आन्दोलित

लोकपथ
49
Shares

काठमाडौं । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थीको उत्तर पुस्तिका साटेकाे भन्दै संगठनले आन्दोलन थालेका हुन् ।

आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।

विद्यार्थी संगठनले दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हेर्नुहोस् विज्ञप्ती : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?