तिहारको माहोलमा बढ्यो सुनको मूल्य, कति पुग्यो ?

लोकपथ
0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?