देउवा निवास पुगेर शेखरले गरे कार्यशैलीको आलोचना, सच्चिन आग्रह

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् ।

शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार देउवा निवास धुम्वाराही पुगेर कोइरालाले देउवाको कार्यशैलीप्रति आलोचना गर्दै सच्चिन आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

भेटमा उनीहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयन मनमौजी ढंगबाट भएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?