‘संविधानको पालनामा रचनात्मकता भन्दा छिद्र खोजेर निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति बढ्यो’

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधानको पालनामा रचनात्मक बहस भन्दा त्यहाँ भएका छिद्र खोजेर आफ्नो निहित स्वार्थ पूर्ति गर्न खोज्ने क्रम बढेको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

संविधान परिमार्जन गर्न सकिने दस्तावेज रहेको बताउँदै अन्य शक्ति राष्ट्रहरुको संविधान पनि समायानुकुल परिमार्जन भएको बताए ।

‘संविधानको पालनामा रचनात्मक बहस भन्दा बरू संविधानमा छिद्र खोजेर त्यहींबाट सत्तामा आफ्ना निहित स्वार्थ पूर्ति गर्न खोज्ने वा संविधानका विशिष्टताको कदर गरेर कमी–कमजोरी हटाउनतिर भन्दा विवाद र उदासिनताले संविधान फेर्ने काम भईरह्यो । यसले गर्दा संविधान मुलुकको सर्वोच्च वा मूल कानुन हुन नपाएर केवल अस्थायी सत्ता को औजार र देश संविधानको प्रयोगशाला मात्र भईरह्यो ।’ उनले भनेका छन्, ‘पहिलोपटक जारी भएको संविधान संसारका कुनै देशमा पनि पूर्णता प्राप्त भएको छैन। निरन्तर जनआकांक्षा र माग अनुसार त्यसलाई संशोधन र परिमार्जन गर्दै अग्रगति दिने प्रक्रिया हो संवैधानिक विकास को क्रम। भारतीय संविधान सयौंपटक र अमेरिकी संविधान तीसौंपटक संशोधन गरिएको दृष्टान्त हाम्रो लागि उपयोगी शिक्षा हुनसक्छ ।’

संविधान जारी भैसकेको अवस्थामा पनि त्यसको कार्यान्वयनको पाटो कमजोर हुँदा नागरिकहरुमा असन्तुष्टि पैदा भएको बताउँदै सम्पुर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र सिंहावलोकन नगरी केवल संविधान दिवसको निमित्त संविधान दिवस मनाउनु ले मात्र सार्थक परिणाम नदिने बताए ।

‘सम्पुर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र सिंहावलोकन नगरी केवल संविधान दिवस को निमित्त संबिधान दिवस मनाउनु ले मात्र सार्थक परिणाम दिँदैन ।’ उनले भने ।

नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन् :

संविधान दिवस ०८० को हार्दिक शुभकामना !
हाम्रो संवैधानिक इतिहासमा यो सातौं पटकको वर्तमान संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरूको संविधानसभा द्वारा निर्मत संविधान हो।यो संविधानको नाममा एक थान पुस्तक मात्र होइन।
संयुक्त राज्य अमेरिकाको संविधान १७८८ आजभन्दा झण्डै २३५ वर्ष अगाडि, विश्वकै प्रथम लिखित संविधानको रुपमा आयो। राष्ट्र सोही संविधानलाई लिएर विश्व शक्तिको रूपमा स्थापित छ। संविधान बारे बहस सँधै भईरहन्छ । संविधान मान्ने कि नमान्ने भन्ने विवाद भन्दा कसरी अझ संविधान सशक्त जन ईच्छा अनुरूप परिमार्जन गर्ने भन्नेमा बहस जारी छ र हुनु पनि पर्छ।
छिमेकी भारतले १९५० मा ७३ वर्ष अगाडि नै स्वतन्त्रता प्राप्तिसँगै संविधानसभाबाट संविधान जारी गर्यो। संविधानको संरचना र अन्तरवस्तुलाई लिएर त्यहाँ पनि बहसहरू चलिरहेका छन् । सयपटक भन्दा बढी संशोधन पनि भईसक्यो।
हामीकहाँ २००४ सालमा नेपालको वैधानिक कानुन, २००७ सालमा नेपालको अन्तरिम शासन विधानदेखि आजसम्म ७ वटा संविधान जारी भईसके । संविधानको पालनामा रचनात्मक बहस भन्दा बरू संविधानमा छिद्र खोजेर त्यहींबाट सत्तामा आफ्ना निहित स्वार्थ पूर्ति गर्न खोज्ने वा संविधानका विशिष्टताको कदर गरेर कमी–कमजोरी हटाउनतिर भन्दा विवाद र उदासिनताले संविधान फेर्ने काम भईरह्यो । यसले गर्दा संविधान मुलुकको सर्वोच्च वा मूल कानुन हुन नपाएर केवल अस्थायी सत्ता को औजार र देश संविधानको प्रयोगशाला मात्र भईरह्यो।
पहिलोपटक जारी भएको संविधान संसारका कुनै देशमा पनि पूर्णता प्राप्त भएको छैन। निरन्तर जनआकांक्षा र माग अनुसार त्यसलाई संशोधन र परिमार्जन गर्दै अग्रगति दिने प्रक्रिया हो संवैधानिक विकास को क्रम। भारतीय संविधान सयौंपटक र अमेरिकी संविधान तीसौंपटक संशोधन गरिएको दृष्टान्त हाम्रो लागि उपयोगी शिक्षा हुनसक्छ।
यो तीतो धरातलीय यथार्थलाई लाई निर्मम समीक्षा र आत्मसात् गर्दै आज किन हाम्रो समाज मा व्यापक निरासा र असन्तुस्टी छ ? बेथिति,अव्यवस्था, विधि विहिनता र भ्रस्टाचार किन मौलाएको छ ? किन ? सुशासन केवल नारा मात्र सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान अराजकता तिर किन उन्मुख छ ?आज जनस्तरमा देखिएको यो बितृष्णा मा हामी को को कति कति दोषी छौ ? यसको समाधान को नीति सहित नयाँ आशा, बिश्वास र भरोसा सृजना आजको आबस्यकता हो ।
यी सम्पुर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र सिंहावलोकन नगरी केवल संविधान दिवस को निमित्त संबिधान दिवस मनाउनु ले मात्र सार्थक परिणाम दिँदैन।
उपरोक्त परिस्थितिमा संविधान दिवसले हामीलाई सचेतनाद्वारा मार्गदर्शन गरिरहोस् । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा संविधान दिवस २०८० को उपलक्षमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?