सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने बताएका छन् ।

मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका छन् ।

‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ । र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जिविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनु पर्छ । ’

गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ ।

उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरेका छन् । अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानु पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?