काठमाडौं । तीनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
शनीबार प्रहरीले मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका सोही काठमिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो भने आज दोस्रो व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका थिए । उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ । प्रहरीले उनको पहिचान भने खुलाएको छैन् ।
शुक्रबार राति तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । श्री दिव्य स : काठमिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका अन्दाजी २० वर्षीय नविन राईको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया