काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ ।
अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच मन्त्रालयमा वार्ता शुरु भएको हो ।
हेटौँडामा चिकित्सक कुटिएपछि त्यसको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्न मन्त्रीस्तरको शुक्रबारको निर्णयले वार्ता टोली गठन गरेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया