काठमाडौं । सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको मृत्यु भएको हो ।
खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो ।
टयाङकर र चालकलाई बनदेउ प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया