बीपी संगठित र व्यवस्थित राजनीतिज्ञ : कांग्रेस नेता विश्वकर्मा

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख, मिन बहादुर विश्वकर्माले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राजनीतिमा संगठित र व्यवस्थित पाइएको बताएका छन् ।

बीपीको जेल डायरी नामक पुस्तक सार्वजनिक समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले साहित्यमा स्वतन्त्रताबादी देखिएपनि राजनीतिमा भने एकदमै संगठित र व्यवस्थित हुनुहुन्थ्यो भन्ने प्रष्ट भएको बताए ।

‘बीपीले पढ्ने समय, खेल्ने समय, औषधी खाने समय सबै योजना मिलाएको देख्दा बीपी साहित्यमा जति अराजकताबादी, स्वच्छ्न्दता नै भनौं भएपनि राजनीतिमा चै अत्यन्तै संगठित र व्यवस्थित हुनुहुदोँ रहेछ । ’ उनले भने ।

त्यस्तै बीपीको जेल डायरीबाट सबैले पढ्ने तालिका निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्न जरुरी देखिएको उनको भनाई छ ।

उनले भने ‘आज हामीले डायरीबाट सिक्न पर्ने कुरा के हो भने, हामी सबै कुराको कार्ययोजना बनाउँछौ, लेख्छौ सायदै पढ्ने बारेमा लेख्दैन थियौं तर वीपिको यो डायरी हेर्दा ६० प्रतिशतभन्दा बढि समय उहाँले पढ्ने रहेछ । सायद जेलमा भएर पनि होला’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?