वामपन्थीसंगको सहकार्यमा बीपी चुकेको एमाले नेता ज्ञवालीको तर्क

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले बीपी कोइरालाले वामपन्थीहरुलाई टाढा र अन्य शक्तिलाई नजिक ठान्नु गलत भएको बताए ।

काठमाडौंमा बीपीको जेल डायरी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थीसंगको सहकार्यमा बीपी चुकेको तर्क गरेका हुन् ।

बाम मोर्चा र नेपाली कांग्रेसबीचको सहकार्यबाट मात्रै पञ्चायत ढलेको स्मरण गर्दै उनले वामपन्थीबाट टाढा हुन खोज्ने सवालमा भने बीपी असफल भएको उनको तर्क छ ।

उनले भने ‘ हिंसा सबै स्थानमा गलत पनि हुदैँन् सबै स्थानमा सहि पनि हुदैँन् । मलाई हिंसा र नैतिकताको बारेमा बीपिका विचारहरु बुझ्न मन छ । २०४६ सालमा जति वेला बाम मोर्चा र नेपाली कांग्रेसकोबीचमा संयुक्त मोर्चा बन्यो र संयुक्त आन्दोलन भयो पञ्चायत त्यती बेला मात्रै ढल्न सक्यो । ’ उनले भने ‘ बामपन्थीहरुलाई टाढा अरु शक्तिलाई नजिक ठानेर जुन बाटोबाट अगाडि बढ्न खोज्नु भयो त्यो सफल नभएको एउटा यथार्थ हो । त्यस कारण इतिहास हेर्दा बीपीका ती कदमहरुलाई पनि विश्लेषणात्मक ढङ्गले हेर्नुपर्छ । ’

तर समाजवादप्रतिको दृढता चाँहि एकदमै अविचलित एकदमै आकर्षक रहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?