डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा बागमती प्रदेशसभा अगाडि प्रदर्शन

लोकपथ
28
Shares

हेटौंडा । चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बागमती प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।

पीडित चिकित्सकले न्याय पाउनुपर्ने माग गर्दै स्वास्थकर्मीहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केही युवाको समूहले गत बुधवार सन्चो अस्पतालमा कार्यरत डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?