संजीवको गीतमा श्रेया र अनुरागको रोमान्स

काठमाडौं । गायक संजीव खरेलले आफ्नो नयाँ गीत ‘बादल’ सार्वजनिक गरेका छन् । भिडियो गायक खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायक खरेलकै स्वर, शब्द र संगीत रहेको यस गीतलाई गोपाल रसाइलीले एरेन्जमेन्ट गरेका हुन् । 

बुद्ध लामाले खिचेको गीतलाई सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन् भने अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो । यस गीतमा श्रेया कार्की र अनुराग ठकुरीको अभियन देख्न सकिन्छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?