धनगढी । चोरीको १ करोड रुपैयाँसहित ९ जना नेपाली पक्राउ परेका छन् ।
भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।
सोमबार राति दिल्लीबाट पैसा चोरेर ल्याउँदै गर्दा नेपाल छिर्ने क्रममा उनीहरु मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको परिचय अझै गोप्य राखिएको र भने यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण नदिएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया