सन्दीप लामिछानेविरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने

लोकपथ
49
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ आगामी असोज १ गते तोकिएको हो ।

बसाइँसराइ गरी गएको स्थानबाट कागजात आएपछि उनको मुद्दामा असोज १ गतेका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध जबरजस्ती करणी मुद्दा २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो । हालसम्म उनको मुद्दा २६ पटक पेशी चढीसकेको छ ।

लामिछाने प्रतिवादी बनेको सो मुद्दामा उमेर विवाद नै मुख्य कारण बनेको छ ।

असोज १ गते वा सो दिनबाट हेर्दाहेर्दैमा राखेर अन्तिम सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निष्कर्ष आउने छ । सफाइ पाएमा लामिछानेमाथि को सर्त र प्रतिबन्ध हट्नेछ भने दोषी ठहर भएमा उनी जेल चलान हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?