काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले रेडी ट्रेडले विभिन्न समयमा ३०२ केजी सुन नेपाल भित्र्याएको जनाएको छ ।
ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनुअघि पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो । विभिन्न समयमा चीनबाट रेडी ट्रेडले ३०२ केजी सुन ल्याएको र अन्य फाइलसमेत खुल्ने बताएको छ ।
पत्रकार सम्मेलनमा किरण बज्रचार्यले उक्त प्रकरणमा ५० जना प्रतिवादी बनाउने बताइन् ।
राजस्व अनुसन्धानको टोलीले गत साउन २ गते स्कुटरको ब्रेक शुमा लुकाएर ल्याएको ६० केजी सुन त्रिभुुवन विमानस्थल बाहिरबाट बरामद गरेको थियो । पछि रेडी ट्रेडको गोदाममा छापा मार्दा थप ३०२ केजी सुन ल्याएको निष्कर्ष सिआइबीले निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया