काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।
केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो ।
गएराति हृदयघातका कारण निधन भएका पार्टी उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको कुर्सीमा माला राखेर बैठक बसेको हो ।
आजको बैठकमा नेम्वाङको निधनप्रति शोक व्यक्त गर्ने कार्यसूची रहेको छ ।
संविधानसभा सदस्य एवं पूर्व सभामुख नेम्वाङको गएराति निधन भएको हो । त्रिवि शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि उनको शव पार्टी कार्यालय च्यासलमा लगिएको छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्दै अन्त्येष्टीका दिन सार्वजनिक बिदा दिने निर्णय समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया