नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

लोकपथ
952
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले उनका छोराहरु आइसकेपछि अन्त्येष्टी गरिने र सोही दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने केहीबेरमा पार्टी कार्यालय च्यासलमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?