काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।
सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् ।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया