सानेपामा बहस : ‘वीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो ?’

लोकपथ
84
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ‘वीपी कोइरालाले नपाएका १५ वर्ष’ का विषयमा विमर्श भएको छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबारबाट सानेपामा वीपी साहित्य महोत्सव जारी रहेको छ ।

दोस्रो दिनको आजको ‘वीपी कोइरालाले नपाएका १५ वर्ष’ विषयमाथि विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । जसमा हरि शर्मा, डा. विपिन अधिकारी, अच्युुत वाग्ले र डा. मञ्चला झाले आफ्नो धारणा राखेका थिए । भने महामन्त्री गगन कुमार थापाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

सो क्रममा राजनीतिशास्त्री हरि शर्माले वीपी नीति तथा कार्यक्रम बनाउने मात्र नभएर त्यसको कार्यान्वयनका लागि समेत लाग्ने पात्रका रुपमा चित्रण गरे । वीपीले आफूले पाएको १८ महिनाको अवधिमा उल्लेख्य काम गर्न सकेको प्रकाश पार्दै अब वीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो भन्ने भन्दा पनि अबको दिनमा वीपीले लिएका नीति कसरी कार्यान्वयन गराउने भन्ने तर्फ लाग्नुुपर्नेमा जोड दिए ।

‘उहाँले लिएको नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन गर्नुुहुन्थ्यो । १८ महिनामा राम्रो काम गर्न सक्नुभयो । हामी उहाँले १५ वर्ष पाएको भए के हुुन्थ्यो भनेर यहाँ चर्चा गरिरहेका छौँ उहाँले त १८ महिनामानै राम्रो काम गर्नसक्नुभएको इतिहास छ नि ।’ उनले भने ।

त्यस्तै वीपी नेता मात्र नभएर समयलाई बुझ्न सक्ने र समयअनुसार आफूलाई ढाल्न सक्ने नेताका रुपमा स्थापित भएकोतर्फ चर्चा गरे । अहिले लय पकड्न नसकेको राजनीतिक अवस्थाका बेला एउटा युग नै परिवर्तन गर्ने खोजेको यानेकी राणा शासनबाट मुुक्त गराइ देशलाई प्रजातन्त्रको बाटोमा हिँडाउन लागेकोप्रति चर्चा गरे ।

विश्वमा अन्य एसियाली मुुलुुकहरुले विकास गरिरहँदा नेपाल किन पछि पर्यो भनेर वीपी चिन्तन गर्न लागेको र विभिन्न समयमा विदेश भ्रमणका क्रममा त्यहाँको विकासबारे अनुसन्धान गरेर कसरी छिटो मुलुुकलाई छिटो गतिमा विकासको मार्गमा हिँडाउन सकिन्छ भन्ने चासो दिएको बताए ।

‘विश्वको परिवर्तन आइरहेको थियो त्यसलाई उहाँले महसुस गरिरहनुभएको थियो ।’ उनले भने ।

सधैँ समय भन्दा पनि आफूमा विश्वास गर्ने भएका कारण राजाले घोषणा गरेको निर्वाचनमा पनि जनताले आफू के हुुन्छु भन्ने थाहा नहुँदा पनि होमिएको प्रशंग मिहिन ढंगले उजागर गरे ।

त्यस्तै अर्का वक्ता अर्थशास्त्री अच्युत वाग्लेले वीपीले गर्न खोजेको विकास शिद्धान्तमा भन्दा पनि तथ्यांकमा हेर्न सकिने बताए । २०१७ साल असार १३ गते वीपी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले पहिलोपटक पहिलो पञ्चवर्षीय योजनाको शुुरुवात गर्दै दिगो विकासको सुत्रपात गरेको बताए ।

पहिलो पञ्चवर्षीय योजना र दोस्रो योजनाबीचमा बजेटको विकासक्रममा महत्वपूर्ण फड्को मारेको भन्दै यदी केही वर्ष वीपीले मुलुकको नेतृत्व गर्न पाएको भए उनले मुुलुकलाई नयाँ उचाइमा पुर्याउन सक्ने बताए ।

‘०१७ असार १३ गतेको दिन दोस्रो पन्चवर्षीय योजनाको सुरुवात भएको थियो । पहिलो पन्चवर्षीय योजनाको बजेट २२ करोड थियो । दोस्रो पन्च योजनाका लागि १ अर्ब ९६ करोड ९ छुट्टयाइएको थियो ।’ उनले भने, ‘त्यसको १६ प्रतिशत रकम कृषि क्षेत्रको विकासका लागि छुट्टयाइएको थियो ।’

तर प्रजातन्त्र पुुनस्थापना भएपछि बनेको सातौँ र आठौँ योजनामा भिन्नता रहेको र एकले अर्कोलाई निरन्तरता दिन नसकेको बताए ।
वीपीले जमिनको स्वामित्व जमिनदारसँग होइन किसानसँग हुनुपर्नेमा जोड दिने गरेको बताउँदै उनले भने, ‘वीपीले सँधै जमिनसँग जुध्ने, जमिन जोत्ने र जमिनसँग खेल्नेले स्वामित्व पाउनुुपर्छ भन्ने गर्नुहुुन्थ्यो ।’

वीपीको नजरमा समाजवादी व्यवस्था सधैँ लचिलो बन्नुुपर्छ भन्ने रहेको बताए । समय विकासक्रम अनुसार आवश्यक्ताहरु फेरिँदै जाने भएका कारण समाजवाद पनि लचिलो हुुनुुपर्ने बताए । साथै आर्थिक विकासलाई मात्रै समाजवाद भन्न नसकिने बताए । साथै अहिलेको अवस्थामा समेत नीति तथा कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको बताउँदै ६ दशक अघि नै वीपीले त्यसको परिकल्पना गरेको बताए ।

त्यस्तै संविधानविद् डा. विपिन अधिकारीले वीपीसँग राम्रो लिडरसिप क्षमता रहेको बताउँदै परिस्थिती बुझेर अघि बढ्न सक्ने नेता रहेको स्मरण गरे । साथै देशको माटो सुहाउँदो विकासका लागि वीपी जत्तिको नेता नेपालमा अहिलेसम्म नभएको बताए ।

‘वीपी परिस्थितीलाई बुझेर अघि बढ्न सक्ने नेता हुनुहुुन्थ्यो ।’ उनले भने, ‘भूमि सुधारको विषयमा नेपालमा राजनीति गर्ने व्यक्ति वीपी कोइराला मात्र हो ।’

वीपीले नेतृत्व गरेपछिको १८ महिना राम्रो काम गरेको बताउँदै केही वर्ष मात्र काम गर्न सकेको भए नेपालको कायापलट हुने बताए । वीपीले छोटो समयमा नै सामाजिक न्याय, जनजीवीकाको क्षेत्रमा राम्रो काम गरेको बताए ।

‘सामाजिक न्यायको क्षेत्र, आधारभूत क्षेत्र र सामाजिक संरचना निर्माण भएपछि हामीले राम्रो गर्न सक्थ्यौँ ।’ उनले भने ।

साथै वीपीले संविधान र प्रजातन्त्रको कुरा गर्दा निष्ठाको कुरा सँगसँगै गरेको आफूले अध्ययन गरेको स्मरण गरे ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डा. मञ्चला झाले वीपी शिद्धान्त र व्यवहार फरक नभएको व्यक्ति रहेको चित्रण गरिन् । १८ महिनाको अवधिमा वीपीले भ्याएसम्म सबै पक्षमा ध्यान दिन सकेको बताइन् । १८ महिनाको अवधिमा वीपीले १६ सय स्कुल स्थापना गर्न सकेको समेत बताइन् ।

‘उहाँ शिद्धान्त र व्यवहारमा चरितार्थ गरेको व्यक्ति हुनुहुन्थ्यो ।’ उनले भनिन्, ‘१ वर्षमा १६ सय स्कुल स्थापना गर्नुभएको थियो ।’

अहिले २० वर्षमा राष्ट्रिय गौरवको योजना पूरा गर्न नसकेको अवस्थामा वीपीले १८ महिनामा गरेका कामहरु रहेको बताइन् ।
यदी वीपीले देखाएको बाटोमा देश हिँडेको भए अहिले लाखौँ युवाहरु विदेश जानुपर्ने अवस्था नआउने, मलका लागि हाहाकार नहुने, मिटरब्याजीको समस्या नहुने बताइन् ।

‘आज लाखौँको संख्यामा युवाहरु विदेश जानुुपर्ने थिएन । ५ किलो मलको लागि भारतीय एसएसबीको डण्डा खानुपर्ने थिएन । मिटरब्याज पीडितहरुले माइतीघरमा आएर आन्दोलन गर्नुुपर्ने थिएन ।’ उनले भनिन् ।

त्यस्तै वीपीले प्रजातान्त्रिक आन्दोलनमा हिमाल पहाड र तराईलाई सँगसँगै लगेको कारण आन्दोलन सफल भएको बताइन् ।

‘प्रजातान्त्रिक आन्दोलनको क्रममा तराई मधेश र हिमाललाई सँगै लिएर जानुुपर्ने थियो ।’ उनले भनिन् ।

यति विपी कोइराला भएको भए अहिले नेपाल विकाशशील राष्ट्रमा जाने विश्वास समेत व्यक्त गरिन् ।

वीपीले देखाएको समग्रताको बाटो समात्न नसकेको कारण पछि माओवादीले त्यही मुद्दालाई अघि सारेको बताइन् ।

‘वीपीले देखाएको बाटोलाई समात्न नसकेका कारण देशको जातीय, धार्मिक अवस्थाबारेको बाटो समात्न नसकेका कारण माओवादीले त्यही बाटो समातेको थियो ।’ उनले भनिन् । साथै अहिलेको अवस्थामा वीपी मातृका र कृष्णप्रसाद भट्टराईहरुको योगदानलाई मात्र घोकाएर अहिलेको पुुस्ता सन्तुष्ट हुन नसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?