काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।
आज भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, विशेषगरी दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भेटपछि गोरले सामाजिक सञ्जालमार्फत नेपालसँगको सहकार्यलाई लिएर सकारात्मक धारणा व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’
गोर बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उनी आज राति भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया