काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ ।
शनिबार प्रवक्ता सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति शोक व्यक्त गरेका हुन् ।
गत वैशाख १७ गते दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको थियो।
सरकारले घटना भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन ४ सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिको संयोजक लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रहेका छन् । समितिलाई तीन दिनको समय दिइएको छ, जुन आज सकिँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन प्रतिवेदन आएपछि त्यसका आधारमा सडक सुरक्षा सुधारका उपायहरू लागू गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया