नेकपाले सार्वजनिक गर्‍यो ६ बुँदे कार्ययोजना

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजक समितिको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

पार्टीले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याउनेदेखि आगामी महाधिवेशनको मिति तय गर्ने सम्मका ७ बुँदे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले पार्टी एकता प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउने र आगामी महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ ।

साथै वडादेखि केन्द्रसम्मका सबै पार्टी कमिटीहरू अब निर्वाचन प्रक्रियामार्फत गठन गर्ने व्यवस्था लागू गरिने भएको छ ।

बैठकले कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनमा जोड दिने तथा पार्टी पङ्क्तिलाई उत्पादन र श्रममूलक गतिविधिमा नियमित रूपमा संलग्न गराउने अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, पार्टी संरचना निर्माण गर्दा समानुपातिक तथा समावेशी सिद्धान्तलाई प्राथमिकता दिइने निर्णय गरिएको छ । अनुभवी, प्रौढ र युवा पुस्ताबीच सन्तुलन कायम गर्दै प्रत्येक कमिटीमा कम्तीमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गरिने पनि बैठकले निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?