काठमाडौं । समाजवादी मोर्चाले आइतबार मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सन्देश सभा गर्ने भएको छ।
शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चाले सो कुराको जानकारी दिएको हो ।
सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्।
मोर्चाले आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने समेत तयारी गरेको छ।
आइतबार आयोजना गर्न लागिएको भेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन्।
सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे हुने भुसालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया