सुशासन तथा सामाजिक न्याय सरकारको मुल मन्त्र : गृहमन्त्री श्रेष्ठ

लोकपथ
28
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले सुशासन, तथा सामाजिक न्यायलाई मुल मन्त्र बनाएर काम गरिरहेको दाबी गरेका छन् ।

ज्यापु महागुथिको चौथो राष्ट्रिय एकीकृत महाधिवेशनलाई सम्बोधन गर्दै, उनले राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होईन, आवश्यकता अनुसारको परिवर्तन भएको प्रत्यक्ष अनुभूति गर्न पाउँने स्थिति सिर्जना गर्न आवश्यक भएको भन्दै त्यसको लागि समृद्धिको कार्यभारलाई केन्द्रीय कार्यभार बनाएको बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होईन, हाम्रो जीवन फरिएको छ, शिक्षा, स्वास्थ, रोजगारी, खाद्यन्न, आवासलगायत आवश्यकता अनुसारको परिवर्तन गरेर यो नयाँ राजनीतिले हाम्रो जीवन परिर्वतन  गरेको छ भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्न पाउँने स्थिति सिर्जना गर्नुपर्छ । त्यसैले आजको केन्द्रीय कार्यभार हामीले समृद्धिको कार्यभार बनाएका छौ । त्यो पूरा गर्न सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई कार्यभारको मूल मन्त्र बनाएको छ । यही आधारमा काम पनि भईरहेको छ ।’

उनले दलाल पुँजीवादको जगजगीका कारण राष्ट्रिय पुँजी कम हुने, उत्पादन बढ्न नसकेको र देश गरिबीतिर गएको भन्दै यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष भएको बताए ।

उनले भने, ‘नेपाल बिग्रिएको किन भने दलाल पुँजीवादको जगजगी भयो पुँजी लगानी, उद्याग धन्दामा लागनी, रोजगारी दिएर विकास गर्नु पनि छैन् । आफैले काम गरेर श्रम गरेर पैसा कमाउँनु पनि छैन् । त्यसको सट्टा राज्यमा बसेका मानिसलाई प्रयोग गर्ने, राजनीतिक नेता उच्च पदका व्यक्तिहरुलाई संलग्न गराउँने र पैसा कमाउँने तरिकाले गर्दा राष्ट्रिय पुँजी बढ्न सकेन, उत्पादन बढ्न सकेन् देश गरिबीतिर गईरहेको छ । यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष हो ।’

त्यस्तै उनले नेपालका हरेक परिर्वतनमा आदिवासीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै ज्यापु समुदायको त्यसमा उल्लेख्य योगदान रहेको बताए ।

‘नेपाल निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने आदिवासि हो, र यसले संस्कृतिको रक्षामा महत्वपूर्ण भूमिका खेलेको समूह हो ज्यापू जाती । आज देशमा प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, म उपप्रधान एंव गृहमन्त्री हुने देश बहुदलिय प्रतिस्पर्धामा अगाढि बढ्ने, संघीयता समावेशिकरणसहितको लोकतन्त्र  स्थापित हुने र त्यसलाई संविधानमा संस्थागत गरेर अगाडि बढ्ने जुन परिवर्तन भएको छ ।’ उनले भने ‘त्यसमा नेपालका सबै जनसमूदायले उल्लेखनीय भूमिका खेलेको छ । तर त्यसमा ज्यापु समूदायको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको कुरा न्यून मूल्यांकन गर्न मिल्दैँन् । ज्यापु समूदायको भूमिका विना अहिलेको परिवर्तन सम्भव थिएन् । ’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?