काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित, एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैं, उनले पार्टीका निर्णय तल्लो तहसम्म पु¥याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे ।
‘फाइफुई लाउने नेताहरु भेटिन सक्छन् । यस्ता नेताहरुको काम छैन् । हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौं । फाइँफुई लाएर कसरी काम हुन्छ ।’ उनले भने ‘ यो मैले भन्दिँए, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौं ?’
त्यस्ते उनले पार्टीका निर्णय कार्यन्वायनमा समस्या देखिएको बताए ।
‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन् । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी हावारी जस्तो भको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन् ।’ उनले भने ‘केरामाथि पानी परे जस्तो ट्यार्र पातमाथि पानी पर्छ उता उता जान्छ । जरामा पानी पर्दैन् । यो पाराले पार्टी राम्रो बन्दैन् ।’
अर्को प्रशंगमा उनले सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए ।
उनले भने,‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफै भित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनु पर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया