काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध परेको रिटमा आज आदेश आउँदैछ ।
आज जवाफी बहस सकिएसँगै फैसला हुन लागेको हो । आज वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।
बहस सकिएसँगै आजै फैसला आउने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।
‘आज आदेश आउने तयारी भएको छ ।’ उनले भने, ‘केही बेरमा आदेश आउँदैछ ।’
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उनीविरुद्ध रिट दायर गरेका थिए ।
यसअघि पनि मुख्यमन्त्री थापाले सभामुखको संलग्नतामा विश्वासको मत लिएको भन्दै रिट दायर भएको थियो । सर्वोच्चले उनले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै उल्ट्याइदिएको थियो ।
त्यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभाअध्यक्षले समेत विश्वासको मत दिएसँगै फेरि रिट परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया