अस्ताए जनताका प्रीय वडाध्यक्ष रिजाल, पशुपति आर्यघाटमा अन्त्येष्टी

लोकपथ
315
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुुन्द रिजालको अन्त्येष्टी गरिएको छ ।

केहीबेरअघि पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापति समेत रहेका वडाध्यक्ष रिजालको आज बिहान उपचारको क्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरिर राष्ट्रिय सभागृहमा राखिएको थियो । उनको पार्थिव शरिर श्रद्धान्जली अर्पण गर्न नेता कार्यकर्ता तथा स्थानीयको समेत ठूलो भीड लागेको थियो ।

हक्की स्वभावका रिजाल कांग्रेसमा उदाउँदो नेता र लोकप्रीय जनप्रतिनिधिका रुपमा परिचित थिए । विकास निर्माणको काममा सक्रिय रिजाललाई वडा नं १६ मा २ पटक वडाध्यक्ष जितेका थिए । लामो समय पार्टी राजनीतिमा संघर्ष गरेका रिजाल क्षेत्र नं ७ का कांग्रेसको दुइ कार्यकाल क्षेत्रीय सभापति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?