प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गर्ने, बाइडेनको रात्रीभोजमा सहभागी हुने

लोकपथ
28
Shares
k|wfgdGqL …k|r08Ú – cGtjf{tf{ OGbf]/ -dWok|b]z_, @) h]7 M ef/tsf] rf/lbg] cf}krfl/s e|d0f /xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg’x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका हुन्।

न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्ने भएका हुन् ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री एनपी साउद, प्रधानमन्त्रीका राजनीति सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव, परराष्ट्र सचिवलगायत अधिकारीहरू सहभागी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कमा रहँदा दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने बताइएको छ ।

भ्रमण अवधीमा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाटै चीन भ्रमणमा जाने छन्।

प्रधानमन्त्रीको यो तेश्रो विदेश भ्रमण हो , यसअघि उनले भारत र इटालीको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?