‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपासँग सम्बन्धित होइन’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिले राज संस्था, हिन्दू राष्ट्र र एमसीसीको विरुद्धमा नारा लगाएको भए पनि राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारे ।
आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताउँदै राप्रपा निकट व्यक्तिले आक्रमण गरेको भनेर नबुझ्न समेत आग्रह गरे ।

‘उहाँले राजसंस्थाको विषयमा, हिन्दू राष्ट्रको विषयमा र एमसीसीको विरुद्धमा नारा लगाए । र महेन्द्र जिले बोल्दा पनि उहाँले विरोध जनाइरहनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी न हिंसाको राजनीतिमा विश्वास गर्छ न आउने दिनमा गर्छ ।’ उनले भने, ‘यो कुरा प्रष्टै होस् की त्यो व्यक्ति हाम्रो पार्टीसँग कुनै प्रकारले संलग्न थिएन र कारबाही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?