काठमाडौं । समाजवादी मोर्चाले बाँकी तीन प्रदेशमा पनि सन्देश सभा गर्ने भएको छ ।
मोर्चाले बाँकी रहेका बागमती, सुुदूरपश्चिम र कोशीमा सन्देश सभा गर्न लागेको हो ।
मोर्चाले यसअघि मधेश प्रदेश, गण्डकी प्रदेश, लुुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा गरिसकेको छ ।
आगामी भदौ २४ गते बागमती प्रदेश, भदौ २५ गते कोशी र भदौ २६ गते सुुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
बागमतीको हेटौँडा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेकपा एकीकृत समाजवादीले गर्नेछ भने कोशी प्रदेशमा हुने सन्देश सभाको संयोजन जनता समाजवादीले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया