न्याय सेवाका सचिव, सहसचिवदेखि उपसचिवसम्मको सरुवा (सूचीसहित)

लोकपथ
42
Shares

काठमाडौं । न्याय सेवा आयोगले सचिव, सहसचिवदेखि उपसचिवसम्मका कर्मचारीको सरुवा गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै न्याय सेवाका १७० जना कर्मचारीको सरुवा गरेको हो ।

आयोगले न्याय सेवाका तीन सचिवको सरुवासँगै भर्खरै बढुवा भएका सचिवको पदस्थापन गरेको छ ।

आयोगको मंगलबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटाको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानून आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणिन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?