मानव बेचविखनलाई बहसको विषय बनाउनुपर्छ : विमला सुवेदी

लोकपथ
21
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले मानव बेचविखनको विषयमा आमरुपमा बहस गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बेचविखनको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर रोकथामका उपाय अपनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘यो बहसको विषय हो तर पर्याप्त ढंगले यो संसद््मा बहस भएको छैन । आवश्यकताका अधारमा मात्र बहसको विषय बनाएका छौं । यो धेरै महत्वपूर्ण विषय हो ।’

मानव बेचविखनको विषयलाई महत्वको साथ लिनुपर्ने उनको भनाइ छ । अहिले मानव बेचविखनको प्रकृति फरक भएको र त्यसमा सबै जना सजक हुनुपर्ने उनले बताइन् । । वैदेशिक रोजगारमा गएकाहरू बेचविखनको सिकार हुने गरेको उनले सुनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?