मानिसहरूमा वैदेशिक रोजगारीप्रति असाध्यै मोह छ : शेर बहादुर कुँवर

लोकपथ
21
Shares

काठमाडौं । अछाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले आमजनतामा वैदेशिक रोजगारीप्रति असाध्यै मोह भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चेलीबेटी बेचविखन रोकथाम बारेको पत्रकार सम्मेलनमा उनले मानव ठगी र बेचविखनको विषय व्यापक भएको र यो सबैको लागि चिन्ताको विषय बनेको बताए ।

उनेले भने, ‘आमजनतामा वैदेशिक रोजगारीप्रतिको असाध्यै मोह छ । र, श्रम मन्त्रालयमा निकै नै व्यथीति रहेको छ ।’

नीति र नियत फरक भएको कारणले गर्दा पनि मानव बेचविखन व्यापक रुपमा फैलीएको उनको भनाइ छ । आफूहरू कानुन निर्माणकर्ता भएको तर कानुन मिच्ने नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?