काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नैपर्ने बताएका छन् ।
आज कांग्रेस निकट कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् ।
‘व्युरोक्रेसीले सरकारको कुरा त मान्नु प-यो नि,भोट कहाँ हालेको होला ठिकै छ । मन्त्री भइसक्यो चुनाव जितेर आइसक्यो के गर्नुहुन्छ ? मन्त्रीको कुरा पनि मान्नुपर्छ हेर्नुस् । कतिपय कुरा चित्त बुझ्छ बुझ्दैन,नमिल्ने कुरा भन्नुपर्छ ।’ उनले भने ।
त्यस्तै आफू २०४८ सालमा गृहमन्त्री हुँदा आफूलाई नटेर्ने प्रहरी अधिकारीलाई हटाएको समेत बताए ।
‘म आफैँ पनि गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ । लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ । सबैले यसै गर्नुपर्छ भनेको होइन ।’ देउवाले भने ।
पहिलोपटक गृहमन्त्री हुँदा देउवाले २०४८ सालमा तत्कालिन आइजिपी रत्न शमशेरलाई हटाएर मोतीलाल बोहरालाई ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया