जनकपुरधाम । जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई कालोमोसो दलिदिएका छन् ।
जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलिदिएका हुन् ।
हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले पहिचान नखुलेका एक महिला र एक पुरुषलाई कालोमोसो दलिदिएका हुन् ।
हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने गरेकाले उनीहरु दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।
अहिले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया